शुक्रबार, माघ १३, २०७९

जिल्ला मालपोत कार्यालय काभ्रे पाँच दिनका लागि बन्द

फ्ल्यासन्युज नेपाल२०७८ माघ १० गते १२:२३

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला मालपोत कार्यालय काभ्रेले आफ्ना सेवा पाँच दिनका लागि स्थगित गरेको छ ।

कार्यालयको आन्तरिक प्रशासनिक काम भने सञ्चालन हुने जनाइएको छ । कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही पालिकाले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै जिल्ला प्रशासन कायालयले सार्वजनिक ठाउँमा भिडभाड नगर्न, सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ ।

तपाइँको प्रतिक्रिया