रङ्गको नरसंहार लुकाइएको एक इतिहास !
मेरी आमाले रूदै सुनाइन् ,तिनीहरूले हाम्रा बच्चाहरूलाई हाम्रै सामुन्ने लामबद्ध राखे र बच्चाको टाउको बाहिर निकालेर जिउँदै गाडे । गाडेको बच्चाको टाउकोलाई अरूले लात मार्न सक्छन् कि सक्दैन भनेर परीक्षण पनि गरे । त्यस मध्येको एकले घोडाको पछाडिको भागमा बच्चाको टाउको जोडिदिए । त्यहाँ भएका बहुसंख्यक महिलाहरूको यौन अङ्गमा भाला जस्ता धारिला हतियार छिराएर यातना दिए । यस्तो यातनाले कतिपय महिलाको मृत्यु भयो भने बाँचेकाहरूलाई बलात्कार गरेर मनोरञ्जन गरे ।
तिनले भनेको सुन्दा सुन्दै सुन्नेहरू त्यहि रोए ।तर उनले भन्न छोडिनन् । बच्चा र महिलापछि पुरूषहरूको हात पिठ्युँ पछाडी लगेर बाँधे । अण्डकोषमा यातना दिदै लिङ्ग काटी दिए । यस्तो यातनाको पिडाले कतिपय पुरूषहरू चिच्याउदै भागे । छट्पटीए । कतिपय त पीडा सहन नसकेर मरे । तिनीहरूले कालो छाला भएकाहरूलाई मार्नका लागि अनेकौं षड्यन्त्र गरे ।
सेतो छाला भएकाहरूले कालो छाला भएकाहरूलाई कसरी नरसंहार गरे ?
जिजाको एक समूह जो नरसंहारबाट बचेका थिए । उनी त्यो घटनालाई यसरी बताउँछन् । सन १९२४ मा अभियोग अनुसन्धानबाट पारित कालो छाला भएका वर्लाका पुरूषहरूलाई बेडफोर्ड डाउन्स स्टेसनमा एउटा साँडे मारेको अभियोग लगाइएको थियो । अस्ट्रेलियाको बेडफोड डाउन्स स्टेसनमा साँडे मारेको अपराध गरेको अभियोग भन्दै उनीहरूको घाँटीमा घण्टी र टिकट टाँसेर स्टेसनतिर नै फिर्ता पठाए । अर्की कालो छालाकी महिला बताउछिन् , कालो छाला भएका मान्छेको त्यो हुलभित्र,घण्टी र टिकट टाँसेकाहरू मध्ये कतिपयले आधा बाटोतिरै घण्टी र टिकट फालीदिए । कतिपयले बाँच्नको लागि आफ्ना साथीहरूको साथ छोडिदिए ।
ती घाँटीमा घण्टी र टिकट टाँसिएकाहरूको अपराध कति र कस्तो खालको थियो ? भन्ने अनुसन्धान विना नै अपराधी बनाइयो । घाटीमा घण्टी झुन्याउने मरे । तर टिकटमात्रै टाँसेकाहरू जति बचेका थिए । उनीहरू मध्ये इमानदारीपूर्वक गन्तव्यमा पुगेकाहरूलाई सेतोछाला भएकाहरूले वर्गिकरण गरि ए, वि,सी समूह बनाए र ए समुहलाई दुर्गम क्षेत्रको जङ्गल फाड्ने काममा पठाए । तिनीहरूले बिहान तोकिएको समयमा देखाइएको जङ्गल फाडे । काम सकेपछि उनीहरूलाई खान दिने नाममा स्ट्राइनसँग विषाक्त बस्तु खान दिए । खानेकुरामा बीष छ भन्ने थाहा पाएर कतिपयले खान मानेनन् र मौका छोपेर भागे । त्यो जानी बुझि सेतो छाला हुनेहरूले कालो छाला हुनेलाई विष खुवाएर मार्ने षड्यन्त्र थियो । मरेका कालाको सबै शवहरू जलाएर नष्ट गरि दिए । तिनीहरू मध्ये केही खान नमानेर भागेका थिए । त्यस मध्ये दुइजना महिला जिवित भागेका थिए । ती महिलाहरू नै त्यो हत्याका साक्षी भएर अरूलाई त्यो दृश्यको बारेमा रूदै,चिच्याउदै सुनाए । (दक्षिणी किम्बरले क्षेत्र,WA )
यो नरसंहार कहाँ भएको थियो त ?
अर्को कालो छाला भएको व्यक्ति नजिकै आएर आफ्नाले भनेको अनुभव यसरी बताउँछन्, अष्ट्रेलियामा,सेताहरूले कालाहरूलाई हत्या गरेका सयौं यस्ता साइटहरू छन् । तिनीहरू प्राय : फेला पर्दैनन् । फेला परिहाल्यो भने पनि जासुसी कामको रूपमा लिने र दण्ड दिने गरिन्छ । यो विषयमा चर्चा गर्नु,खोजी गर्नु या सोधखोज गर्नु भनेको गैरकानुनी काम ठानिन्छ । त्यसो गर्नुको कारण आदिवासी कालामाथि भएको या गरिएको त्यो अत्याचारबारे अरूलाई थाहा दिनु भन्ने हुनसक्छ ।
सुचना,सञ्चार र प्रविधिको विकासको पहुँचमा पनि सेतो छाला भएकाहरूको बाहुल्यता रहेको कारण प्राय : ले कालो छाला भएकाहरूको तथ्य र सत्य कुरा लेखेनन् । लेखेका छैनन्। लेखेकाले पनि राज्य र प्रहरी प्रशासनबाट ,उनीहरूलाई दण्ड र यातना दिने पक्का थियो । यस्तोमा हुँदाहुदै केही मिडियाहरूले थोरै भएपनि चर्चा गरे ।
ती पत्रकारहरू सेतो छाला भएका व्यक्ति र अधिकारीहरूबाट अनेकौं पटक पिडित भए । अष्ट्रेलिया (हाम्रो ) कालो छाला भएकाहरूको भुमि थियो र हो ।तर हामीलाई अनेक बहानामा मारेर,विस्तारै विस्तारै सेतोछाला भएकाहरूको बाहुल्यता बढाएको कारण हामी विस्थापित भएका हौं । यस्तो काममा सबै मिडियाहरू लागेका थिएनन् । जो सेतोको समर्थनमा लागेका थिए,तिनीहरूले कालाहरूको वास्तविकता नबुझी कालालाई घमण्डी र अपराधीको संज्ञा दिएर दिन्थे ।
(तात्कालिन सोधकर्ताको डायरी,अखबार रिपोर्टहरू र आदिवासीहरूबाट प्राप्त भएको युनिभर्सिटी अफ न्युक्यासलको अनलाइन म्यापिङ परियोजनाले यस रूपमा कागजात बनाउने लक्ष्य राखेको आधारमा पाएको तथ्य )
घरभित्र बसेकी कालो छाला भएकी अधबैंसे महिला निस्केर भन्छिन् , कालो छाला मास्ने नरसंहारको परियोजना नै बनेको थियो । पछिल्लो अबधिमा त्यो हत्याको विषयमा हल्का अनुसन्धान गरिएको थियो । त्यो सन २०१७ जुलाईतिर भएको हो। त्यसबेला १५० कालाहरूको नरसंहारको योजनाभित्र ६००० को मृत्यु कालो छाला भएकाले सहन गर्न परेको तथ्य फेला परेको थियो । यो घटना प्रमाणित गर्ने सन्दर्भमा कालाहरूले १५००० आफ्नो समुहका मानिस गुमाउन बाध्य भए भने देखाएको छ ।
फिरन्ते देखिने युवा अनुसन्धानको लागि अन्तर्वार्ता लिइरहेको ठाउँको छेउमा उभिएर भन्छन् , क्विन्सल्याण्डको नेटिभ माउन्टेड पुलिसले हत्या गर्ने काम सन १८४० को दशकको अन्त्यदेखि सञ्चालन गरेको थियो।त्यो नरसंहारको परियोजना कार्य १९०४ सम्म चलेको देखिन्छ । यो भुमि अतिक्रमणको लागि गरिएको कठोर नरसंहार थियो । यो घटना विश्वको इतिहासमा निकै लामो समयसम्म चलेको मानव नरसंहारको घटनाको रूपमा लिने गरिएको छ । यो कार्यमा अष्ट्रेलियाको नेटिभ पुलिसका ११ सेता छाला भएका अधिकारीहरूले कालोछाला भएकाहरूलाई मार्न छ । या सात काला आदिवासीहरूको समुहलाई सखाप पार्ने प्रयोग गरे भन्ने छ । कालो छाला भएका कामदार राखेर जवर्जस्त आदेश फर्मान गरेको र कालालाई मारेको कुरा अनुसन्धानले बताउँछ । यो नरसंहारको प्रमुख उदेश्य , अष्ट्रेलियाको भुमिबाट कालाहरूलाई समाप्त पारि युरोपेली सेताहरूलाई स्थापित गर्नु थियो । युरोपेलीहरूले अष्ट्रेलियालीहरूलाई विस्थापित गराउन गरेको यो अमानवीय व्यवहार उपनिवेशवाद र सर्वसत्तावादी सोच हो र थियो । सेतो छाला भएकाहरूले स्थानीयलाई मार्ने र उनीहरूको जमिन हडप्ने सोच राखेको कारण प्राय: बल र हिंस्रक गतिविधि अबलम्बन गरेर अरूको बासस्थान हडपेका सयौं उदाहरण अझै अष्ट्रेलियाका आदिवासीहरूले भावुक हुदै बताउने गर्दछ । (ब्राइस बार्कर,पुरातत्त्वविद र प्रमुख अन्वेषक एक नेटिभ पुलिस अनुसन्धान परियोजना )
अर्का एक जना कालो छाला भएका पाका मान्छे भन्छन् , क्विन्सल्याण्डमा नेटिभ माउन्टेन पुलिस थियो भन्ने कुरा अहिले इतिहासकारहरूले अनुमान गरेका छन् । त्यस घटनाका तथ्य जति लुकाएपनि इतिहासकारको अनुमानले त्यस घटनामा २४,००० देखि ४१,००० आदिवासीहरू मारिएको अनुमान गरेका छन् र त्यो नरसंहारप्रति सेतो छाला भएकाहरू नै जिम्मेवार हुनु पर्दछ भनेका छन् । त्यो घटनासंग जोडिएर कालो रङ्गका लगभग ११ कामदार राखिएको थियो । तिनीहरूले सेतो छाला भएकाहरूले अराएको काम गर्नै पर्थ्यो । काम नगर्ने भए विद्रोह गर्दै मृत्युबाट वचन भाग्नु पर्थ्यो । नत्र बाँच्नको लागि उनीहरूले जे भनेको छ त्यो मान्नै पर्थ्यो । सबै काला पिडितहरूसगँ उनीहरूको कुनै न कुनै सम्बन्ध थियो । घर,जग्गा ,परिवार,सम्बन्ध ,सन्तान सबै एकाएक गुम्दै गरेको झलझलि देखेको कारण उनीहरू भाग्न सकेनन्,रोकीए र सेतो छालाले अराएको काम बाध्य भएर लुरूलुरू गरेको हुनसक्छन् !
हाम्रो छलफलका विचमा एक जना हजुबाले यस्तो भन्छन् , अहिले पनि आदिवासीका ट्याक्टर र सेनाका सन्तानहरू यहि विषयसँग कुस्ती खेल्दैछन् । यो सुन्दा र देख्दा मेरो हृदय नै छियाछिया हुन्छ ।यो हड्पाहरूले योजना बनाएर गरेको सामुहिक र संगठित हत्या थियो । यी हत्याहरूको प्रमाण फेला पार्न कठिन छ । किन कि १ त्यस बेलाका आदिवासीजति सामुहिक चिहानमा हैन,परम्परागत दफन विधिका साथ सवको विसर्जन गरिएको छ । त्यसको एउटा मात्रै भौतिक प्रमाण भनेको नेटिभ पुलिसको एउटा टुकडी उनीहरूको शिविर साइड हो ।
बृद्धअवस्थाकी महिला भन्छिन् , कुरा नगर्नुस् तिनका ! सेतो छाला भएका आक्रमणकारीहरूलाई आदिवासीहरुसँग डर थियो । आदिवासी पुरूषहरू थुप्रै थिए । सुरूमा आदिवासी पुरूषलाई नानाथरी प्रलोभनमा पार्न खोजे,सकेनन् । त्यसपछि आदिवासीहरू रमाउने कुनै रङ्गिन समारोहमा रङ्गिएर मनोरञ्जन गर्न लागेको बेला या यौनक्रिडाको बेला पारेर युद्ध र आक्रमण गर्ने निधो गरे । बालिकाहरूलाई अपहरण र बलात्कार गरे । महिलाको यौनाअङ्गमा हतियार कोचे र मारे! केटाहरूको पनि यौन अङ्ग काट्ने,अण्डकोष फुटाउने,किच्ने र मार्न गरे । मार्न नसकेकालाई साङ्लोले बाँधेर रातभर ठाडै राख्ने,कुखुराको ,सुगुरको खोरमा थुन्ने,समुद्र नजिकै छ भने एक कालो समुद्रमा फाल्ने र दुईचार, जना सेतो भित्र्याउने, कुकुर जस्तो गरि डोरीले बाँधेर डोर्याउने,पिजडामा सुगा जस्तै थुनेर रमाइलोको लागि राख्ने, साङ्लोले बाँधेर घिसार्ने,गुहुमुत खुवाउने , आँखा छेडिदिनेसम्मका घटना घटाएर हामीलाई विस्तापित पारेका हुन् ।
प्रोफेसर ब्राइस बार्कर भन्छन्, युनिभर्सिटी अफ सदर्न क्विन्सल्याण्डको पुरातात्त्विक मानवशास्त्री र एक अनुसन्धान परियोजनाको नेतृत्व गर्ने एक व्यक्तिको प्रमाणलाई आधार मान्दा यस्तो देखिन्छ कि त्यस बेला नेटिभ पुलीसले २०० भन्दा बढी क्याप साइड स्थापित गरेका थिए भन्न हामी सक्षम भयौ ।
जति ठूलो शक्ति ,पद र पैसा भए पनि हरेक व्यक्तिलई आफ्नो परिवार तथा समाजका लागि हिंसा र युद्ध पिडादायी हुन्छ । परिवार हुँदा धन,सम्पत्ति परिवार चाहिन्छ । घरपरिवार नै स्वाह भएपछि मृत्युसँग मानिस डराउन्न । युद्धमा जित्नेले राज्य पाउला तर, त्यो जित्नेले जीवन भर आफ्ना कर्म सम्झेर पश्चात् गर्छ र आत्म शान्तिको लागि तड्पिरहेको हुन्छ । पुन : प्राप्ति हुन नसक्ने बुझ्दाबुझ्दै किन मानिसले मानिसलाई नै सिद्ध्याउन अनेक तिग्डम,निशेध र हिंसात्मक काम गरेर सधैं दुखको भुमरीमा फस्छ ? हिंसालाई माध्यम बनाएर प्राप्त गरेका कुनै पनि कुरा स्थायी छैनन् । घमण्ड,दम्भ र महत्वकाँक्षाले रङ्ग, वर्ण, क्षेत्र, लिङ्ग, जात,सक्त,अशक्त र वर्गको नाममा भेद गरिरहन्छ ।
अहिले अष्ट्रेलियाका कालो छाला हुनेहरू संगठित छन् । आफ्नु भुमि अर्को जातिले जवरजस्त हडप्दा आफुहरूले केही गर्न नसकेकोमा चिच्याउछन्, कराउँछन । अहिले पनि सेतो छाला भएका अधिकारीहरूसँग नागरिकता लगायतका परिचय खुल्ने कुनै कागज लिन मान्दैनन्र मानेका छैनन् । भुमि र नागरिक पहिचान गुमेकोमा उनीहरूसँग पश्चाताप छ । विकसित र ठूलो मुलुक भएर के गर्नु हामीले हाम्रो माटो नपाएसम्म हाम्रो मौन बिद्रोह जारी रहन्छ । हामी काम गर्दैनौ,जनसंख्याको नियन्त्रण गर्ने पक्षमा पनि छैनौ । जनसंख्या नियन्त्रणका विधि नअपनाएपछि कुनैदिन हामी नै बहुसंख्यक हुन्छौ र सेतो छाला भएकाहरूबाट भुमि फिर्ता गर्न सक्छौं ।भन्ने विद्रोही भावना हरेकमा देखिन्छ । जय राष्ट्रवाद
(यो अध्ययन अष्ट्रेलियामा त्यो बेला कालो र सेतो छालाविचको भेद किन र कसरी गरिएको रहेछ ? भन्ने जिज्ञासा मेट्न र थोरै अरूलाई पनि जानकारी होस भनेर गरिएको हो ।यो विभिन्न अनुसन्धानको अध्ययनबाट निकालिएको भाव अनुवाद हो । यसलाई प्रमाणित गर्ने तथ्यको केही श्रोत माथि र केही तथ्यको लिङ्क पुष्टिको आधार पत्र तथा तस्बिरहरू यसैसाथ संलग्न गरिएको छ । यो लेख तयार पार्न सहयोग गर्ने हाल अष्ट्रेलिया निवासी मित्र रमेशजी र उहाँका आदिवासीमित्रहरूप्रति आभार व्यक्त गर्दछु । यो अध्ययन रङ्ग भेदको प्रकृति, हिंसा र त्यसको असरले पछिल्लो पुस्तामा परेको मनोबैज्ञानिक असर र प्रभावको पहिचान गर्नु थियो ।
लेखक: सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र एवम् साझा प्रकाशनको निर्वाचित सञ्चालक