शनिबार, माघ २१, २०७९

नौ वटा ताला फोडेर बालकुमारीको मूर्ति चोरी,खोजी कार्य जारी

फ्ल्यासन्युज नेपाल२०७८ माघ ९ गते १२:३४

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराति नौ वटा ताला फोडेर उक्त मूर्ति चोरी भएको मन्दीरका पूजारीले जानकारी दिएका छन् । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको भएको हो ।

मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।

बागमती प्रदेश सभा सदस्यसमेत रहेका स्थानीय राजकाजी महर्जनका अनुसार यो मन्दिर गुठीको हो । यो गुठी काठमाडौं उपत्यकाकै धनी गुठि मानिन्छ । यसले ६ सय परिवारलाई संगठित गरेको छ । घटानाको बारेमा जानकारी पाए लगत्तै प्रहरीले खोजी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया