शनिबार, माघ २१, २०७९

प्रचण्डपत्नी सीतालाई कोरोना पुष्टि, आईसीयूमा उपचार हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ माघ ९ गते ११:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।

सीता दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनिया समेत देखिएको छ । ‘अहिले स्वास्थ्य स्थिर रहेको पारीवारिक स्रोतले जनाएको छ ।
सीता दाहाल लामो समयदेखि बिरामी हुँदै आएकी छन् ।

तपाइँको प्रतिक्रिया