बिहीबार, माघ २६, २०७९

एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ माघ ९ गते ११:१३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अध्यक्ष ओली पछिल्लो सार्वजनिक कार्यक्रममा उपस्थित हुन सकेनन् ।

आज एमालेको पत्रकार सम्मेलन हुने भनिएकोमा अध्यक्षलाई कोभिड संक्रमण भएपछि स्थगित भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् । ओलीलाई पहिलो पटक संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ । अध्यक्ष ओली पछिल्लो सार्वजनिक कार्यक्रममा भने गएका थिएनन् ।

तपाइँको प्रतिक्रिया