मंगलबार, माघ २४, २०७९

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु,१० हजार दुई सय ५४ जना संक्रमित

फ्ल्यासन्युज नेपाल२०७८ माघ ८ गते १६:४९

काठमाडौं । कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट ८ हजार २ सय १२ र एन्टिजेन परीक्षणबाट २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाइँको प्रतिक्रिया