मंगलबार, माघ २४, २०७९

मेरिल्याण्डका नेपाली समुदायद्वारा हिमानी शाहलाई भब्य स्वागत

फ्ल्यासन्युज नेपाल२०७८ माघ ८ गते ११:३७

अमेरिकाको भ्रमणमा रहनु भएकी हिमानी शाहलाई मेरिल्याण्डका नेपाली समुदायहरुले भब्य स्वागत गरेका छन् । गत जनवरी १९ बुधबारका दिन राती मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्स स्थित घर ए कवाब नामक चमेना गृहमा संचालक तथा सामाजिक अभियन्ता लोक नाथ तिवारीले आयोजना गर्नु भएको स्वागत ,सत्कार तथा भेटघाट कार्यक्रममा हिमानी शाह लगायत अन्य अतिथिहरुलाई भब्य स्वागत गरिएको छ ।

उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका सामाजिक अभियन्ता ,स्थानिय विभिन्न संघ/संस्थाका प्रतिनिधि,गैर आवासीय नेपाली संघका पदाधिकारी ,नेपाल सरकारकाका महा बाणिज्यदुत लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आयोजकको तर्फबाट सामाजिक अभियन्ता लोकनाथ तिवारीले कार्यक्रम संचालन गर्नु भएको थियो भने प्रारम्भमा चमेना गृहकि प्रवन्ध निर्देशक शान्ति शर्माले पुष्प गुच्छाद्वारा हिमानी शाहलाई स्वागत गर्नु भएको थियो ।

हिमानी ट्रस्टको अध्यक्ष हिमानी शाह तथा उपस्थित सबैजनालाई वरिष्ठ लोक गायक तथा महा बाणिज्यदूत प्रेम राजा महतले स्वागत मन्तब्य गर्नु भएको थियो । महतले अमेरिकाको मेरिल्याण्डमा स्वागत गर्न हर्ष लागको भन्दै हिमानी ट्रस्ट नेपालले गरेको कामको बिशेष गरि बालबालिकाहरुको लागि गरेको कामको प्रशंसा गर्नु भयो ।

त्यसै गरि हिमानी ट्रष्ट(गुठि)का नेपालका कार्यकारी निर्देशेक उत्तम निरौलाले ट्रस्टले गरेको काम बारेमा जानकारी गराउनु भयो । उहाले हाल बालबालिकाहरुको लागि कस्ता कस्ता कार्यक्रमहरु गरि रहेको बारेमा प्रकाश पार्नु भयो ।

उहाले पुड्के बालबालिकाहरुका बारेमा बिशेष काम गर्दै आएको बताउनु भयो । उहाले पुड्को मानिस कसरी हुने रहेछ र त्यसका लागि ट्रस्टले कसरी काम गरि रहेको छ भन्ने बारेमा समेत बताउनु भयो ।

उहाले यस बिषयमा जानकारी दिदै पुड्को बालबालिकाहरु पोषणयुक्त खाना खान नपाएर कुपोषणको कारण त्यस्तो जन्मने बताउनु भयो । उहाले ट्रष्टले भिटामिन प्रदान गर्ने १२ वटा पोषण तत्व भएका गेडागुडी मिसाएर सामग्री बितरण गरि रहेको बताउनु भयो । त्यसै गरि हरेक महिना एक बालबालिकाहरुलाई ३ केजी बितरण गर्ने बताउनु भयो ।

अहिले करिव ४ हजार बाल बालिकालाई सेवा दिई रहेको र बिशेष गरि तराईका जिल्लामा काम भै रहेको बताउनु बह्यो । साथै बालबालिकाहरुले दुषित पानी पिउनुको कारण मृत्यु हुने समेत गरेकोले शुद्ध पानी सम्बन्धि काम गरि रहेको बताउनु भयो । बालबालिकाले चाहने मात्रामा पानी नपिउने समेत चर्चा गर्नु भयो ।

पानी कै कारण बार्षिक करिव ३५ सय बालबलिकाको मृत्यु हुने तथ्यांक दिनु भएको थिए भने अन्य बिषयमा संक्षेपमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्त ,अमेरिका तथा क्यानडाका लागि अन्तर्राष्ट्रिय समन्वय समिति(आइसीसी)का क्षेत्रीय संयोजक राजन त्रिपाठी ,एनईसीसी (नेपाल शिक्षा तथा संस्कृति केन्द्र )क अध्यक्ष सरोज देवी प्रजापति ,बानाका अध्यक्ष सुबोध विलास पन्त ,सामाजिक अभियन्ता प्रेम कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजा लगायतको उपस्थिति रहेको थियो । हिमानी ट्रस्ट युएसए का अध्यक्ष हरि शर्माले समेत बोल्नु भएको थियो ।

गत बुधबार हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको थियो । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग शहरमा एक भब्य समारोह बीच हिमानी शाहले उद्घाटन गर्नु भएको थियो ।

उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका बिभिन्न शाखाका पदाधिकारी,स्थानीय सामाजिक अभियन्ता,बिदेशी पाहुना सहितको उपस्थितिमा विधिवत रुपमा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरिएको थियो ।

हिमानी शाहको अमेरिका अधिकारिक बसाई करिव २ हप्ता हुनेछ भने यस पटक उहा डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनु हुनेछ । हिमानी ट्रष्ट युएसएका विभिन्न शाखाहरु खोलिएका छन् भने खोल्ने क्रम जारी रहेको छ । हिमानी ट्रष्ट युएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैर मुनाफा सामाजिक संस्था हो ।

हिमानी ट्रष्ट : “धर्म, वर्ग, जाती, दल र सम्प्रदाय” भन्दा धेरै माथि उठेर नेपाल र नेपालका महिला,अशक्त, वृद्ध, विधवा तथा वाल-बच्चाका साथै शिक्षा-स्वास्थको विकासमा महत्वपूर्ण सहयोग गर्ने विशुद्ध समाजिक संस्था हो ।

तपाइँको प्रतिक्रिया