मंगलबार, माघ २४, २०७९

थप १० हजार बढि संक्रमित थपिए, तीन जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ माघ ७ गते १७:००

काठमाडौं । पछिल्लो पटक नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

१८ हजार ६ सय १६ पीसीआर परीक्षणमा ८ हजार ८ सय १५ र ४ हजार ४ सय ७४ एन्टिजेन परीक्षणमा १ हजार ८ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । एकै दिन १० हजारभन्दा बढी संक्रमण पुष्टि भएको आज लगातार चौथो दिन हो ।

काठमाण्डौंमा ४ हजार २ सय ७९, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यो अबधिमा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ ।

७ सय ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमित ६५ हजार ३ सय ७४ पुगेको छ ।

तीमध्ये झन्डै दुई तिहाई काठमाण्डौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अवधिमा देशभर ३ लाख ७४ हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

तपाइँको प्रतिक्रिया