शनिबार, माघ २१, २०७९

माओवादी केन्द्रीय समिति बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ माघ ७ गते १२:२७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८:३० बजेका लागि तय गरिएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

तपाइँको प्रतिक्रिया