शुक्रबार, माघ १३, २०७९

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ माघ ६ गते १८:२८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

बिहीवार एउटा सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको छ।

तपाइँको प्रतिक्रिया