मंगलबार, माघ २४, २०७९

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ माघ ६ गते १३:३५

काठमाडौँ । सरकार सञ्चालन लगायतलाई प्रभावकारी बनाउन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । साँझ चार बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्रोतले जानकारी दियो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दियो । बैठक भोली शुक्रबार बस्ने भएको छ ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची थियो । यसअघि गत मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ । सत्ता गठबन्धन दलहरूबिच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन ।

तपाइँको प्रतिक्रिया