शनिबार, माघ २१, २०७९

काठमाडौं लगायत पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

फ्ल्यासन्युज नेपाल२०७८ माघ ६ गते ९:३८

काठमाडौं । अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना छ ।

तर लगातार झरीको सम्भावना भने नरहेको उहाँले बताउनुभयो । यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी भेटको मौसम अांशिकदेखि सामान्य बदली रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै तराईमा भने हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भइ पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

तपाइँको प्रतिक्रिया