मंगलबार, माघ २४, २०७९

सरकारी अस्पतालमा पीसीआरको शुल्क ८ सय र नीजिमा १५ सय कायम

फ्ल्यासन्युज नेपाल२०७८ माघ ५ गते १८:२१

काठमाडौं । कोरोना भाइरसको परीक्षणको शुल्क बढी भएको जनगुनासाहरु आउन थालेपछि शुल्क समायोजन गरिएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको जानकारी दिए ।

यस अघि एक सरकारी प्रयोगशालामा पीसीआरको एक हजार तिर्नु पर्ने व्यवस्था भए पनि अब देखी ८ सय शुल्क कायम गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्ने सहप्रवक्ता अधिकारीले जानकारी दिए । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिन्थ्यो ।

तपाइँको प्रतिक्रिया