मंगलबार, माघ २४, २०७९

नेपालमा अहिलेसम्मकै धेरै ११ हजार ३५२ कोरोना संक्रमण पुष्टि,चार जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ माघ ५ गते १७:२५

काठमाडौं । नेपालमा कोरोना संक्रमितको दैनिक संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै ११ हजार ३ सय ५२ पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

१८ हजार ७६ पीसीआर परीक्षणमा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ एन्टीजेन परीक्षणमा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । यो कूल परीक्षणको ४८ दशमलब चार नौ प्रतिशत हो ।

हिजो यो प्रतिशत ५० प्रतिशतको हाराहारीमा थियो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ६ हजार ३ सय ४३ जना छन् ।

जसमा काठमाडौंका ४ हजार ६ सय ६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५ सय ७८ जना छन् । थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया