बिहीबार, माघ २६, २०७९

बाघ गणना सुरु

फ्ल्यासन्युज नेपाल२०७८ माघ ५ गते ११:२६
काठमाडाै । चितवन–पर्सा कम्प्लेक्स अन्तर्गतको तेस्रो ब्लकमा बाघ गणना सुरु भएको छ । माघ ४ देखि सुरु भएको गणना माघ २२ गतेसम्म रहने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले बताउनुभयो । गणनाका लागि क्यामरा राख्ने र खटिने प्राविधिकलाई तालिम समेत दिइसकेको प्रमुख लामिछानेले बताए। निकुञ्ज र डिभिजन वनको कर्मचारीसहित ७ देखि ८ जनाको ११ समूह सोमबारदेखि फिल्डमा खटिएका छन्। पर्सामा खटिने सर्वेक्षण टोलीले यसअघि चितवनमा बाघ गणना गरिसकेको छ । पर्सा निकुञ्जमा बाघको उपस्थिति पहिलाभन्दा राम्रो रहेको छ । यसपटक पनि क्यामरा ट्यापिङ विधिबाट बाघ गणना गरिए पनि पछिल्लो समय दिसालाई ल्याबमा परीक्षण गरेर पनि गणना गरिने भएको छ । सन् २००९ मा पहिलो पटक भएको राष्ट्रिय बाघ सर्वेक्षणमा चारवटा मात्रै बाघ रहेको पर्सा निकुञ्जमा सन् २०१३ मा ७ र २०१८ मा १८ वटा पुगेको थियो। जसमध्ये ९ वटा वयस्क पोथी बाघ थिए। अगामी माघ २२ सम्म हुने सर्वेक्षणमा यो संख्या उल्लेख मात्राले बढ्ने विज्ञहरुले अनुमान गरेका छन्।

तपाइँको प्रतिक्रिया