मंगलबार, माघ २४, २०७९

नेपालबाट बेलायतमा १० हजार नर्स लैजाने सम्झाैतामा हस्ताक्षर हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ माघ ५ गते ११:१०

एजेन्सी । बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने विषयको अन्तिम टुङगो लागेको छ  । नेपाल र बेलायत सरकारबीच शून्य लागतमा १० हजार नर्स लैजाने सम्झौता हुन लागेको हो ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ मा काम गर्ने गरी नेपाली नर्स लैजाने तयारी गरिएको हो । श्रमिक लैजाने मोडालिटीको बारेमा छलफल भईरहेको श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । मन्त्री श्रेष्ठले बेलायत सरकार नेपाली नर्सहरुको क्षमता अभिवृद्धीका लागि लगानी गर्न पनि ईच्छुक रहेको जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया