शनिबार, माघ २१, २०७९

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ माघ ३ गते १२:१२

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको निजी सचिवालयले जनाएको छ ।

सोमबार रिपोर्ट पोजेटिभ आएको हो । आइतबार उनले पशुपति धर्मशाला, नारायणहिटी दरबार क्षेत्र लगायतको निरीक्षण गरेका थिए। पछिल्लो समय बतास समूहको व्यवसाय प्रति विशेष चासो दिदै आएका मन्त्री आले निकै राम्रो काम गरेको भन्दै सामाजिक सञ्जालमा बधाई पात्र बन्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया