बिहीबार, माघ २६, २०७९

छात्रामाथि करणी गरेको आरोपमा शिक्षक पक्राउ

फ्ल्यासन्युज नेपाल२०७८ माघ ३ गते ११:४१

सन्तोष पौडेल

खोटाङ। खोटाङमा छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले रावाबेँसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक -३१ वर्षीय किशोर पोखरेललाई पक्राउ गरेको हो ।

आफूमाथि पटक-पटक करणी भएको भन्दै पीडित किशोरी र उनका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी ्दिएको आधारमा पोखरेललाई खोजतलास गर्नेक्रममा इलका प्रहरी कार्यालय उदयपुरस्थित रामपुर,ठोक्सिलाले शनिबार प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाएको खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर साहले बताए ।

प्रहरीका अनुसार, “शिक्षक पोखरेलविरुद्ध सोहि स्थानकै-१४ वर्षीया किशोरीलाई पटक-पटक करणी गरेको आरोप छ ।” पीडित किशोरीको पेटमा २० हप्ताको गर्भ रहेको पारिवारीक  स्राेतले जनाएको छ । किशोरी खार्पाकै एक विद्यालयकी विद्यार्थी छात्रा हुन् ।

शिक्षक पोखरेलविरुद्ध आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया शुरु गरिएको निरीक्षक साहले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया