मंगलबार, माघ २४, २०७९

थप ४९६१ जनामा कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ माघ २ गते १६:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना देखिएको हो। शनिबार १४ हजार ५५६ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ६३६ जनामा कोरोना देखिएको थियो।

आज संक्रमण पुष्टि भएकामध्ये १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा र २ हजार ५६९ जनाको एन्टिजन परीक्षण गर्दा ४२७ जनाको कोरोना देखिएको हो।

त्यस्तै, कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। देशभरी सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ६८० सक्रिय संक्रमित रहेको छ ।
जसमा होम आइसोलेनमा २४ हजवार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६जना रहेका छन् ।

१२२ जना आइसियु, भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया