शनिबार, माघ २१, २०७९

कोरोना बढेसँगै रात्रीकालिन व्यवसाय र फिल्म हल बन्द गर्ने सरकारको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ माघ २ गते १५:४४

काठमाडौं । सरकारले पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढेको भन्दै रात्रीकालिन व्यवसाय र फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए ।

सरकारले यस अघि विद्यालयहरु माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ । त्यस्तै सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग  भएकाे दाबी गरेकाे छ ।  नेपाली भूभागमा सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह  गरिएकाे मन्त्री कार्कीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया