शुक्रबार, माघ १३, २०७९

राष्ट्रिय सभा बैठक अनिश्चित समयका लागि स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ माघ २ गते १३:२९

काठमाडौं । राष्ट्रिय सभा बैठक पटक पटक स्थगित हुँदै आइरहेको छ । माघ ३ गते (भोलीका)लागि बोलाइएको बैठक कारणवश भन्दै अनिश्चित समयका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय सभा बैठक विशेष कारणबश भन्दै अनिश्चित कालका लागि स्थगित गरेको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणवश स्थगित गरिएको जानकारी दिएका छन् । माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएकोु सूचना महासचिव गौतमले जारी गरेका हुन् ।

 

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि विशेष कारणवशु बस्न नसक्ने सूचना जारी भएको थियो । पटक पटक संसद बैठक स्थगित हुँदा कतिपय विधेयकहरु अलपत्र परेका छन् । सरकारले संसद बैठक नबोलाएर अध्यादेश मार्फत नै सञ्चालन गर्न खोजेको आरोप समेत लाग्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया