मंगलबार, माघ २४, २०७९

सुर्खेतमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला

फ्ल्यासन्युज नेपाल२०७८ माघ २ गते ११:०७

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएका छन् । मृत्यु हुनेहरुमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र उनका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार मृतक कल्पाका श्रीमान कृष्ण बुढा भने जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए ।

प्रारम्भीक अनुसन्धानमा निस्सासिएर मृत्यु भएको अनुमान गरिएपनि अनुसन्धान पछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाइएको छ ।

तपाइँको प्रतिक्रिया