मंगलबार, माघ २४, २०७९

आजदेखी बुस्टर डोज खोप लगाउन सुरु

फ्ल्यासन्युज नेपाल२०७८ माघ २ गते १०:५८

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू लगाउतले बुस्टर डोज लगाउन पाउनेछन् यस्तै आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी मन्त्रालयले गरेको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न पढाई बन्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ । पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया