शनिबार, माघ २१, २०७९

नेपालबाट झण्डै ३७ ओटा भाषा लोप हुने अवस्थामा

फ्ल्यासन्युज नेपाल२०७८ पुष ३० गते ११:२७

काठमाडाै‌ । नेपालबाट झण्डै ३७ ओटा भाषा लोप हुने अवस्थामा पुगेका छन् । भाषा आयोगका अनुसार १ हजारभन्दा कम वक्ताहरू रहेका भाषाहरू लोपुन्मुख भाषामा सूचिकृत हुने व्यवस्था छ ।

जस अनुसार ३७ ओटा भाषाहरूको वक्ता १ हजार भन्दा कम रहेको र ती लोपोन्मुख अवस्थामा पुगेकोक आयोगले जनाएको छ । ती मध्ये ५ ओटा भाषाहरूको संरक्षणका लागि मात्रै भाषा आयोगले कक्षा सञ्चालन गरिरहेको आयोगका प्रवक्ता गेहनाथ गौतमले बताउनुभयो ।

आयोगका अनुसार नेपालमा १० हजारभन्दा कम वक्ता भएका भाषाहरू पनि ३७ ओटा रहेका छन् भने १० हजारदेखि १ लाख भन्दा कम वक्ता रहेका भाषाहरू ३० ओटा रहेका छन् ।

तपाइँको प्रतिक्रिया