शुक्रबार, माघ १३, २०७९

थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १६:३८

काठमाडौं। नेपालमा तेस्रो लहरको कोरोना संक्रमण सुरु भएसँगै संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसै गरि आज २७१ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । सरकारले पछिल्लो समय खोपलाई प्रभावकारी बनाएसँगै गत २४ घण्टाको अविधीमा ३५६००४ जनाले लगाएको र एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १४३४० जना रहेको छ

तपाइँको प्रतिक्रिया