शुक्रबार, माघ १३, २०७९

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारको आन्दोलन कायमै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १५:४४

काठमाडौं । विशेष अदालत बार एसोसिएशनका अध्यक्ष एवम् अधिवक्ता चूडामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिँदा केही जिल्लामा जबरालाई देखाएर आफ्नो स्वार्थ पूर्ति गर्न थालेको बताउनुभएको छ ।

आज सर्वोच्च अदालत बार परिसरमा प्रधानन्यायाधिस राणाको राजीनामा माग गर्दै गरेको विरोध प्रदर्शनमा पौडेलले चोलेन्द्रशम्शेरको भ्रष्टाचारीपनलाई छेउमा राखेर न्यायपालिकाप्रति दुस्साहस राख्ने प्रयत्न भइरहेको भन्दै बारले सशक्त आन्दोलन गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरूको वृत्ति विकासमा, न्यायाधीशहरूको सरुवाका काम रोकिएको बताउनुभयो ।

श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा दिएपछि मात्रै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने जिकिर गर्नुभयो ।

तपाइँको प्रतिक्रिया