बिहीबार, माघ २६, २०७९

राष्ट्रिय सभा निर्वाचनकाे कार्यतालिका परिवर्तन नहुने

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १२:१८

काठमाडौं । कोभिड–१९ ले उत्पन्न परिस्थितिले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने बताउनुभएको छ । आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुुझाव लिने उहाँको भनाइ छ । आयोगले हाल आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ ।

प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन्। सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ। सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन्। यस्तै निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग परामर्श गर्ने भएको हो । छलफलका लागि आयोगले भोलीका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया