बिहीबार, माघ २६, २०७९

धादिङमा बाटो खन्ने क्रममा पहिरोले डोजर पुरिँदा, तीन जना वेपत्ता

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते ११:४१

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकको वडा १ मा बाटो खन्ने क्रममा पहिरी खस्दा डोजर पुरिएको छ। सुख्खा पहिरोले डोजर पुर्दा तीन जना मानिस बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेको गाउँपालिकाकी उपाध्यक्ष बिना लामाले जानकारी दिइन्। दुघर्टनामा डोजरसहित डोजर अपरेटर, हेल्पर र एक जना स्थानीय वेपत्ता भएको खबर आएको छ, उपाध्यक्ष लामाले भनिन्,हामी घटनास्थलतर्फ जाँदैछौ। एक घण्टामा पुग्ला।

बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तपाइँको प्रतिक्रिया