मंगलबार, माघ १७, २०७९

देउवा सरकारको ६ महिना पूरा, उपलब्धी शुन्य

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १०:३२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनभएको ६ महिना पुरा भएको छ । ६ महिनाको अवधि तिन महिना मन्त्रीपरिषदलाई पुर्णता दिन र बाँकी तिन महिना पार्टीकै काममा मात्र समिति भएकाले सरकारका काम कार्वाही गतिशिल बनाउन सक्नुभएको छैन ।

गएको असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले ६ महिनामा देखिने र गर्न लायक काम गर्न नसेको राजनीतिक विष्लेशक भाष्कर गौतमले बताउनुभयो । देउवा २०५२ प्रधानमन्त्री हुँदा ५२ सदस्यीय जम्बो मन्त्री परिषद बनाएर ओलोचित हुनुभएको थियो ।

त्यस्तै २०७४ सालमा चौथोपटक प्रानमन्त्री हुँदा पनि ५४ सदस्यीय मन्त्रीपरिषद बनाउनुभएका देउवाले पाँचौ पटक प्रधानमन्त्री हुँदा पनि गतीलो काम गर्न नसकेको राजनीतिक विश्लेशकहरुले बताएका
छन् ।

तपाइँको प्रतिक्रिया