शुक्रबार, माघ १३, २०७९

कर्णाली प्रदेशको नवौं अधिवेशन सुरु हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २८ गते १२:४०

काठमाडौं । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आज हुँदैछ । प्रदेशसभा सचिवालयले आजलाई अधिवेशन आह्वान गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मङ्सिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा एमाले उपस्थिति नभएपछि स्थगित भएको थियो ।

तपाइँको प्रतिक्रिया