शुक्रबार, माघ १३, २०७९

कोरोना संक्रमण बढेसँगै राजनीति गतिविधि प्रभावित

फ्ल्यासन्युज नेपाल२०७८ पुष २८ गते ११:१८

काठमाडौं । कोरोनाको सङ्क्रमण दर बढेपछि राजनीतिक गतिविधि पनि प्रभावित बनेको छ । शिर्ष नेताहरू कोरोना सङ्क्रमण भएर आराम गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठसहितका नेताहरू अहिले एकान्तबासमा रहेका छन् भने हिजो नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेकपा एमालेको प्रदेश अधिवेशन पनि सरेको छ भने जारी जिल्ला अधिवेशन पनि प्रभावित हुने देखिएको छ । पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ । अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने, कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। हिजो पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ । देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ।

हिजो रातिसम्म ५४ जिल्ला र दुई गैर भौगोलिक तर्फको नेतृत्व टुंगिएको हो। पछिल्लो पटक जाजरकोट, स्याङ्जा, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ । स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ ।

तपाइँको प्रतिक्रिया