चीनबाट करिव १२ लाख डोज भेरोसेल खोप आइपुग्यो
काठमाडौं । चीनबाट करीव १२ लाख डोज कोभिड विरुद्धको भेरोसेल खोप आइपुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा हिजो भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
हालसम्म नेपालमा विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, फाइजर, मोर्डना, जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप भित्रिएको छ।खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म लक्षित समूहको ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएको सरकारी तथ्यांक छ।
त्यस्तै कुल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्। सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोजसमेत दिने तयारी गरेको छ।