शुक्रबार, माघ १३, २०७९

अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ पुष २७ गते १५:१०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

 

उनमा कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेटेड भएर बसेको गौतमले जानकारी दिए । यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष सहितका माओवादी शीर्ष नेताहरुलाई कोरोना पुष्टि भएको थियो । प्रधानमन्त्री शेर बहादुर देउवा समेत अहिले होम आइसोलेशनमा सुरक्षित रुपमा बस्दै आएका छन् ।

 

तपाइँको प्रतिक्रिया