सुनको तोलामा तीन सय रुपैयाँले बढ्यो
फ्ल्यासन्युज नेपाल२०७८ पुष २७ गते १३:१४
काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।हिजो तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
यस्तै आज चाँदीको भाउ दश रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।