शुक्रबार, माघ १३, २०७९

विश्वमा कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो

फ्ल्यासन्युज नेपाल२०७८ पुष २७ गते ११:०६

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघेको छ। गत २४ घण्टामा साढे १८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३१ करोड ३ लाख ८० हजार पुगेको हो।

अमेरिकामा मात्रै एकै दिन झण्डै ५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। भारतमा १ लाख ६१ हजार, वेलायतमा १ लाख ४२ हजार, इटलीमा १ लाख २ हजार र स्पेनमा ९७ हजार ५०० जनामा कोरोना संक्रमण भएको छ।

यस्तै, फ्रान्समा ९४ हजार, अर्जेन्टिनामा ८८ हजार, टर्कीमा ६५ हजार, जर्मनीमा ३८ हजार ६०० र ब्राजिलमा ३४ हजार ८०० जना संक्रमितथपिएका छन्। संक्रमितको संख्या ह्वात्तै बढेकाले सक्रिय संक्रमितको संख्या झण्डै साढे ४ करोड नजिक पुगेको छ। यही अवधिमा साढे ८ लाख संक्रमित निको भएका छन्। गत २४ घण्टामा ४ हजार १९९ जनाले कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रसियामा ७४१, अमेरिकामा ६८६, फ्रान्समा २८०, इटलीमा २२७, जर्मनीमा १७५, टर्कीमा १४१ र ब्राजिलमा १११ संक्रमितको मृत्यु भएको छ।

तपाइँको प्रतिक्रिया