बिहीबार, माघ २६, २०७९

प्रधानसेनापती शर्मा आज स्वदेश फिर्ता हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २७ गते १०:५६

काठमाडौं । भारतमा उपचार गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदै हुनुहुन्छ । पुस १८ गतेदेखि घर बिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत जानुभएको थियो । उहाँको भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल) मा उपचार भएको  हो ।

 

सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मालाई मिर्गौलामा पत्थरीको समस्या थियो। उनले यसअघि सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराउनुभएको थियो तर, केही समस्या देखिएपछि उहाँले भारतमा उपचार गराउने निर्णय गर्नुभएको थियो । सरकारले १४ पुसको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रधानसेनापति शर्मालाई १८ पुसदेखि ३० सम्म बिदा दिने र यसबीच कामु प्रधानसेनापतिको जिम्मा रथी बालकृष्ण कार्कीलाई दिने निर्णय गरेको थियो।

प्रधानसेनापतिको नेतृत्व सम्हालेयता केही सार्वजनिक कार्यक्रममा स्वास्थ्यकै कारण उहाँ उपस्थित हुन नसकेपछि उहाँले बिदा लिएरै उपचार गराउने निर्णय गर्नुभएको थियो ।

 

तपाइँको प्रतिक्रिया