मंगलबार, मंसिर २०, २०७९

मनाङ र मुगु बाहेक देशभरका सबै जिल्लामा कोरोना फैलियो

फ्ल्यासन्युज नेपाल२०७८ पुष २७ गते १०:२४

काठमाडौं । मनाङ र मुगु बाहेक कोरोना सङ्क्रमण सबै जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुस्ताङ र मुगुमा मात्र कोरोना सङ्क्रमणको शून्य सङ्क्रमण रहेको छ । कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् ।

सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ । कोरानो संक्रण बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेका छन्। करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर्ना हुने कोभिडका बिरामी विस्तारै बढ्न थालेको अस्पतालले जनाएको छ । अस्पतालको इमरजेन्सीमा हाल दैनिक तीनदेखि चार जना बिरामीहरु भर्नाका लागि पुग्ने गरेको इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बताउनुभयो । भर्ना हुने अधिकांश बिरामीहरु सामान्य उपचारले निको हुने खालका रहेका छन् ।

हाल टेकुमा तीन जना आइसीयू र सात एचडीयूमा गरी १० जना कोभिडका बिरामी उपचाररत रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिनुभयो ।

सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । उपत्यकाका ललीतपुर, भक्तपुर र काठमाडौँ तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सुरु भइसकेकाले आजदेखि सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता संगिता मिश्राले बताउनुभयो ।

बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया