बुधबार, मंसिर १३, २०८०

शाहीको पहलमा अति विपन्न ४२ परिवारलाई न्यानो कपडा वितरण

फ्ल्यासन्युज नेपाल२०७८ पुष २६ गते १७:०१

काठमाडौं । सामाजिक अभियान्ता एवम् नेपाली काग्रेस बाजुराकी महाअधिवेशन प्रतिनिधि रीता शाहीको पहलमा हिमाली जिल्ला बाजुराको बुढिगंगा नगरपालिकामा न्यानो कपडा (कम्बल) वितरण गरिएको छ ।

गिरिजा प्रसाद कोइरला फाउण्डेसन अमेरिकाको आर्थिक सहयोगमा र शाहीको समन्वयमा उक्त न्यानो कपडा वितरण गरेको शाहीले ्जानकारी दिएकी छन् । आज एक कार्यक्रमकाबीच बुढिगंगा नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १० का १ सय १० परिवारलाई न्यानो कपडा वितरण गर्ने योजना अनुरुप आज बुढिंगा नगरपालिका १ का १२ जना र बुढिगंगा २ का १० जना र ३ का २० जना गरेर ४२ जना अति विपन्न परिवार, बाढि पहिरो पीडित र एकल महिलालाई वितरण गरिएको शाहीले बताएकी छिन् ।

उक्त सहयोग वितरण कार्यक्रममा वडा नम्बर १ का नेपाली कांग्रेसका वडा सभापति भरतराज उपाध्याय वडाध्यक्ष ललीत थापा, बल बहादुर सिंह, लगायत अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

त्यस्तै वडा नम्बर २ र ३ मा नेपाली कांग्रेसका नगर सभापति जयरा जैशी वडा नम्बर ३ का वडा सभापति छत्र रौले वडा नम्बर २ का वडा सभापति नन्द राम जैशी राप्रपाका पूर्व जिल्ला जिल्ला अध्यक्ष चन्द बहादुर शाह लगायत स्थानीयको उपस्थितिमा वितरण गरिएको थियो ।

न्यानो कपडा पाएपछि चिसो मौसममा ठुलो राहत पुगेको भन्दै लक्षित वर्गले खुसी व्यक्त गरेका छन् । साथै पहलका लागि युवा नेतृ शाही र गिरिजाप्रसाद फााउण्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

तपाइँको प्रतिक्रिया