शुक्रबार, असोज २१, २०७९

कोरोनाका कारण राष्ट्रियसभाको बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ पुष २६ गते १४:२१

काठमाडौं । भोली (मंगलबार) का दिन बस्ने भनिएको राष्ट्रिय सभााको बैठक स्थगित भएको छ । मङ्गलबार अपराह्ण १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बैठक बस्न नसक्ने जनाएको हो । खास गरि राष्ट्रिय सभामा भाग लिने संसदहरुलाई समेत कोरोना संक्रमण भएका कारण बैठक बस्न नसकिएको जनाएको छ । भ राष्ट्रिय सभाको अर्को बैठक २०७८ साल माघ ०३ गते सोमवार अपराह्ण १० बजे बस्ने संघीय संसद सचिवलायले जनाएको छ ।

तपाइँको प्रतिक्रिया