शुक्रबार, असोज २१, २०७९

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ पुष २६ गते १३:५०

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो ।

बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने जनाइएको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

तपाइँको प्रतिक्रिया