आइतबार, असोज १६, २०७९

एकैदिन थपिए ११ सय ६७ संक्रमित

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १७:४७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा ३ हजार ७८४ एन्टिजेन परीक्षण गर्दा ११ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनबाट मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ ।

यस्तै, २२४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ७५५ सक्रिय संक्रमित छन् ।

तपाइँको प्रतिक्रिया