बिहीबार, मंसिर १५, २०७९

भारतमा तेस्रो लहरको कोरोना सुरु, एकै दिन १ लाख ५९ हजार ६ सय ३२ जना संक्रमित थपिए

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १७:३३

काठमाडौं । भारतमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै संक्रमितका संख्या बढ्न थालेका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६ सय ३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै, उअवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३ सय २७ जनाको मृत्यु भएको छ । आजसम्म कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिइसकेको छ । महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् ।

हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन (शनिबार र आइतबार) कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ । यसैबीच, भारतमा कोरोना संक्रमण तीब्ररुपमा फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उच्चस्तरीय बैठक बोलाउनुभएको छ ।

तपाइँको प्रतिक्रिया