शुक्रबार, असोज १४, २०७९

कोरोनाबारे थप आवश्यक निर्णय लिने काठमाडौं उपत्यकाका प्रजिअको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १७:२६

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक गरेका छन् । आफू छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने जनाइएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो । भक्तपुरकन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सकेसम्म आजै, नसके भोलि संयुक्त बैठक बस्ने बताउनुभयो । संयुक्त बैठक बस्नुअघि आज आफूले जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको जानकारी दिनुभयो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि कोरोना संक्रमणको अवस्था र खोप कार्यक्रमलाई लक्षित गरी आज बैठक बोलाएको जानकारी दिनुभयो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्वास्थ्य मापदण्ड पालना गराउने र अन्य तयारीका सम्बन्धमा छलफल अघि बढाउने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया