बुधबार, मंसिर २१, २०७९

हिमपातका कारण पाकिस्तानमा ४० जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १२:२८

एजेन्सी ।पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तिमा ४० जनाको मृत्यु भएको छ । अन्य दर्जनौ घाइते भएको जनाइएको छ । मृत्यु हुनेमा महिला तथा बालबालिका पनि रहेको जनाइएको छ । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो ।

हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । सेनाले फसेका मनिसहहरुलाई उद्धार तथा सडकहरू खाली गर्ने प्रयास गरिरहेको जनाइएको छ । इस्लामाबाद–मुरी राष्ट्रिय राजमार्गलाई बन्द गर्दै सो आसपासका जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

आन्तरिकमन्त्री शेख रसिदका अनुसार हिमपातका कारण करिब १ हजार सवारी साधन राजमार्गमा फसेका थिए । राजधानी इस्लामावादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीमा थुप्रै पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया