शुक्रबार, असोज २१, २०७९

अग्रपंक्तिमा काम गर्ने र जेष्ठ नागरिकहरुलाई माघको पहिलो साताबाट कोरोनाको तेस्रो डोज दिइने

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते ११:०१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप माघको पहिलो साताबाट दिने भएको छ ।मन्त्रालयका अनुसार माघको पहिलो साताबाट अग्रपंक्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई थप एक डोज खोप लगाइने छ ।

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन लागेको हो । यसअघि, गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन थालिएकोमा एक दिन लगाएर स्थगित गरिएको थियो ।

१२ देखि १७ वर्ष उमेर समूहमा खोप लगाउने अभियान भने अझै सुरु हुन सकेको छैन् । यसैबिच उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज यससम्बन्धमा छलफल गर्ने भएका छन् । तीनै जिल्लाका अधिकारीहरुले जिल्लाका सरोकारवालासँग बैठक बसेपछि संयुक्त बैठक बसेर संयुक्त निर्णय गर्ने तयारी गरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया