मंगलबार, मंसिर २०, २०७९

प्रचण्डलाई कोरोना भएपछि देउवाको पीसिआर परीक्षण गरिदैं

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १०:५०

काठमाडौं ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवाको कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत आज पिसीआर परीक्षण गर्न लागिएको हो ।

शुक्रबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो । प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा शनिबारबाट नै होम आइसोलेसनमा बस्नु भएको छ । यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि आजै पिसीआर परीक्षण गर्ने तयारी छ । उहाँ पनि आइसोलेसनमा रहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया