मंगलबार, असोज ११, २०७९

निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १०:४५

काठमाडौं ।राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन सम्बन्धी आर्थिक कार्यविधिमा निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी कार्यविधि तय भएकोे छ ।

सुरुको तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी कार्यविधि तय कार्यान्वयनमा आएको जनाइएको छ । सेवा करारका कर्मचारी, सचिवको निजी सुरक्षाकर्मीलाई पनि भत्ता दिने र उक्त भत्तता निर्वाचन तोकिएको मितिबाटै पाउने कार्यविधिमा छ ।

आयोगबाट मङ्सिर २७ गते स्वीकृत कार्यविधिअनुसार चुनावी कार्यक्रम सुरु भएपछि आयुक्तले सुरु तलबको १५० प्रतिशत भत्ता पाउनेछन् । यस्तै, दुई हजार ५०० सञ्चार खर्च र अर्थ मन्त्रालयबाट जारी कार्यसञ्चालन निर्देशिका बमोजिम खाना र खाजा खर्च हुने जनाइएको छ ।

 

तपाइँको प्रतिक्रिया