शुक्रबार, असोज १४, २०७९

२२ जिल्लामा एमाले जिल्ला अध्यक्ष सर्वसम्मत

फ्ल्यासन्युज नेपाल२०७८ पुष २५ गते १०:४०

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत अहिलेसम्म २२ जिल्लामा जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएकोमा २२ जिल्लाका अध्यक्ष निर्विरोध छानिएका हुन । ति २२ जिल्लाहरुमा अन्य पदमा भने निर्वाचन हुँदैछ ।

आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्ला वाहेक एमालेले शुक्रबार जिल्ला अधिवेशन गरेको थियो । अहिलेसम्म सर्वसमत् नेतृत्व चयन भएका २२ मध्ये लुम्बनी प्रदेशमा मात्र ७ जिल्ला छन् । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके धादिङ, अर्घाखाची, मोरङ, काभ्रे लगायतका जिल्ला रहेको छ । यस्तै भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, मजदुर विशेष, पेशागत विशेषमा पनि सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।

अधिकांस जिल्लामा सर्वसम्मितिले नेतृत्व चयर भइरहेको र सहमति नभएको स्थानमा निर्वाचन मार्फत भइरहेको एमाले प्रवक्ता शेर बहादुर तामाङले जानकारी दिए । एमाले अध्यक्ष कपी शर्मा ओलीले गत शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन भर्चुवल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।

 

तपाइँको प्रतिक्रिया