शुक्रबार, असोज १४, २०७९

एकैदिन थपिए ९६८ जना कोरोना संक्रमित

फ्ल्यासन्युज नेपाल२०७८ पुष २३ गते १८:२३

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २७२ जनाको पीसीआर र ६ हजार ९९९ जनाको एन्टीजेन परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनको संख्या शून्य छ । शुक्रबार २०२ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।

तपाइँको प्रतिक्रिया