शनिबार, मंसिर २४, २०७९

नेपालमा डर लाग्दो तरिकामा फैलियो ओमिक्रोन, एकै पटक थप २४ जनामा संक्रमण पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ पुष २३ गते १३:२४

काठमाडौं । विश्वव्यापी तिब्र रुपमा महामारीको रुपमा फैलिएको ओमिक्रोन नेपालमा पनि डर लाग्दो तरिकाले फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

नेपालमा खुला सीमाना र स्वास्थ्य मापदण्डको पालनामा लापर्बाही देखिएकाले यसेले केही दिनमा थप महामारीको रुपमा संक्रमण फैलिने स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति जस्ताको त्यस्तै

 

 

तपाइँको प्रतिक्रिया